निर्मला बलात्कार काण्ड ‘जस्तै’ मोरङको घटना

बिबिसी
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाजस्तै विराटनगरमा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
पोष्टमार्टम रिर्पोट र पक्राउ परेका अभियुक्तको बयानका आधारमा बलात्कारपछि ती बालिकाको हत्या भएको निष्कर्षमा पुगिएको मोरङ प्रहरीले जनाएको छ।
मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने, “घरबाट निस्केकी बालिकालाई अर्को ठाउँमा लगेर पालैपालो बलात्कार गरिएको, मर्ने अवस्थामा पुगेपछि घाँटी थिचेर मारिएको र बगेर जाओस् भनेर खोलामा शव फालिएको देखिएको छ।”
यही माघ १२ गते राति विराटनगर महानगरपालिका वडा नं. ८ की १० वर्षीया रुमती दास हराएकी थिइन्।
लागुऔषध
छिमेकीको घर गएको भनिएकी रुमती घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा भोलिपल्ट बिहान घर नजिकैको सिंघिया खोलामा उनको शव भेटिएको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका सोही ठाउँका चन्दु महतो र अब्बास अन्सारीले ती बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
उनीहरूले बालिकालाई घर नजिकैको चौरमा लगी पालैपालो बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको भनी बयान दिएको प्रहरी उपरीक्षक केसीले बताए।
पक्राउ परेका चन्दु र अब्बास बालिकाका छिमेकी हुन्। उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शवको पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या गरिएको देखाएको प्रहरी उपरीक्षक केसीले बताए।
राति हत्या गरी खोलामा फालेर घर गएका चन्दु र अब्बासले भोलिपल्ट बिहान खोला किनारमा अड्किएको बालिकाको शव पुनः बगाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजनाविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।
निर्मला पन्त घटना भएको ६ महिना नाघिसके पनि अहिलेसम्म दोषीलाई पक्राउ गर्न सकिएको छैन। उनको शव उखुबारीमा फेला पारिएको थियो।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया