बाराबाट पोखरा आएका दुवैको पिसिआर रिपोर्ट नेगेटिभ
समाधान संवाददाता
२०७७ वैशाख २७ गते १६:५७
समाधान संवादददाता
बाराबाट व्यवसायका सिलसिलामा पोखरा आएका दुई जनाको कोरोना भाइरस परिक्षण अर्थात पिसिआर रिपोर्ट नकारात्मक आएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परिक्षण गरिएको थियो । यसबाट उनीहरु कोरोना संक्रमित नभएको पुष्टी भएको छ ।
शुक्रबार देखि पोखरामा बाराबाट मानिस आएको र उनीहरु कोरोना संक्रमित भएको भन्दै आतंक मच्चाइएको थियो । उनीहरुको खोजी गरेर स्वाब संकलन गरिएको थियो ।
पोखरा महानगर पालिकाका नगर प्रमुखका प्रेस संयोजक माधव बरालले उनीहरु दुवै जनालाई हाल पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् ।
सम्बन्धित









‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया