लायन्स तालवाराहीमा नारायण पौडेल

समाधान संवाददाता २०७७ वैशाख २७ गते १९:४१

पोखरा

लायन्स क्लब अफ पोखरा तालवाराहीको अध्यक्षमा नारायणप्रसाद पौडेल निर्वाचित भएका छन् । लायन वर्ष २०२०–२१ का लागि शनिबार भएको निर्वाचनमा पौडेल निर्वाचित भएका हुन् ।

क्लब प्रथम उपाध्यक्षमा शिव तिमिल्सिना, द्वित्तीय उपाध्यक्षमा लोकबहादुर सुनार, सचिवमा मदनकुमार गिरी, सहसचिवमा सूर्य तिमिल्सिना, कोषाध्यक्षमा नवराज घिमिरे निर्वाचित भए । क्लब एडमिनेस्टेटरमा वासु जिसी, रिपोर्टिङ अफिसरमा कुमार थिङ लामा, मेम्बरसिप चियरपर्सनमा पूर्व अध्यक्ष दीपेन्द्र राई, एलसिआइएफ कोअर्डिनेटरमा पूर्व अध्यक्ष विजयकुमार प्रधान, सर्भिस चेयरपर्सनमा पूर्व अध्यक्ष प्रकाशचन्द्र पहारी चयन भएका छन् ।

Advertisement

यसैगरी मार्केटिङ कम्युनिकेसन चियरर्सनमा शेरमान गुरुङ, स्वास्थ्य निर्देशकमा डा. थानेश्वर पहारी, इन्टरनेसनल रिलेसन अफिसरमा लोक भण्डारी, पब्लिक रिलेसन अफिसरमा कृष्ण क्षेत्री, ट्रेनिङ निर्देशकमा बबिन नेपाली, खेलकुद निर्देशकमा उत्तमसेवक कार्की, वातावरण निर्देशकमा राजेश रेग्मी, शिक्षा निर्देशकमा रामप्रसाद तिमिल्सिना, ट्राभलिङ निर्देशकमा सागर भुसाल चयन भएका छन् ।

सदस्यमा चन्द्रा राई, अर्जुन चपाईं, सोवित थापा, बलबहादुर थापा चयन भएका छन् । चार्टर प्रेसिडेन्ट भीष्मराज पौडेलको उपस्थितिमा भएको निर्वाचन कार्यक्रम डिस्ट्रिक्ट पिआरओ मोति तिमिल्सिना, जोन चियरर्सन सुदीप पौडेल लगायत सहभागी थिए । निर्वाचनका लागि निवर्तमान अध्यक्ष वासु जिसी संयोजक, पूर्व अध्यक्षद्वय दीपेन्द्र राई र प्रकाशचन्द्र पहारी सदस्य रहेको समिति गठन गरिएको थियो । सोही समितिले शनिबार निर्वाचन गराएको हो ।

Advertisement

कार्यक्रममा निर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमको खाका प्रस्तुत गर्दै क्लबलाई अझै उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए । अध्यक्ष नारायण पहारीकाे सभापतित्वमा भएकाे कार्यक्रम सचिव शिव तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

सराङकोटमा राहत वितरण

सराङकाेटमा शनिबार राहत वितरण गर्दै क्लब पदाधिकारी

लायन्स क्लब अफ पोखरा तालवाराहीले पोखरा महानगर १८ सराङकोटका १८ परिवारलाई शनिबार राहत वितरण गरेको छ । लकडाउनका कारण प्रभावित विपन्न परिवार पहिचान गरी राहत वितरण गरिएको क्लब अध्यक्ष नारायण पहारीले जानकारी दिए । राहतका लागि लायन्स क्लब अफ पोखरा सराङकोटसँग समन्वय गरिएको थियो ।

पूर्वअध्यक्ष दीपेन्द्र राईकाे संयोजकत्वमा सहयोग संकलन गरी राहत वितरण गरिएको र आवश्यक भएका ठाउँ फेरि राहत वितरण गरिने चार्टर प्रेसिडेन्ट भीष्मराज पाैडेलले बताए । उनका अनुसार १ बोरा चामल, दाल, तेल, नुन लगायत सामग्री उक्त अवसरमा वितरण गरिएको हो । सन् २००८ मा स्थापित क्लबले स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रियता जनाउँदै लायन्सको अभियानलाई जनस्तरसम्म पुर्‍याउने कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया