क्वारेन्टिनमा राख्ने डरले दोस्रो तलाबाट हाम फाले बस्नेत

समाधान संवाददाता २०७७ वैशाख ३० गते १५:३५
प्रतिकात्मक तस्बिर ।

समाधान संवाददाता

भारतबाट पोखरा आएका एक युवा क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता टार्न बसिरहेकै घरको दोस्रो तलाबाट हाम फालेका छन् । सोलुखुम्बुका २३ वर्षीय अभिषेक बस्नेत पोखरा ८, इन्द्रपुरी टोलस्थित बहालमा बसेको घरबाट हाम फालेको प्रहरीले जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको छ । बैदाम प्रहरी प्रमुख तथा डिएसपी यादव ढकालका अनुसार उनी आज मात्र पोखरा आइपुगेका हुन् । उनको स्वास्थ्य परीक्षणका लागि प्रहरी सहितको टोली त्यहाँ पुग्दा आफूलाई पक्राउ गर्न आएको डरले हाम फालेको हुन सक्ने प्रहरीको बुझाइ छ ।

Advertisement

उनी रोजगारीका क्रममा भारतको कर्नाटकको बैंगलुरुस्थित रहँदै आएका थिए । पोखरा इन्द्रपुरीटोलमा उनका आमाबाबु बस्दै आएकाले उनी यहाँसम्म आइपुगेको प्रहरीले जनाएको छ । भारतबाट आएको भन्ने थाहा पाएपछि स्थानीयले प्रहरी र वडाध्यक्ष रुद्रनाथ बराललाई जानकारी दिएका थिए । ‘१२ बजेतिर पुग्दा हामी आएको थाहा पाएपछि हाम फालेछन्,’ डिएसपी ढकालले भने, ‘अहिले उनको स्वास्थ्य सामान्य छ, थप परीक्षण भइरहेको छ ।’

पिसिआरमा कोरोना परीक्षण गरेर महानगरको लेकसिटी अस्पतालस्थित क्वारेन्टिनमा लैजादैँ गरेको वडाध्यक्ष रुद्रनाथ बरालले समाधानलाई बताए ।

Advertisement

तपाईको प्रतिक्रिया