विश्वभर २ लाख ९१ हजारको मृत्यु, ४२ लाख ५५ हजार संक्रमित

पाेखरा
विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५५ हजार १ सय ९४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ १३ लाख ६७ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ९१ हजार ३ सय ६६ को कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ । त्यहाँ ८२ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ।
विश्वभर १४ लाख ८८ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ३० हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ४७ हजार २ सय, स्पेनमा १ लाख ३८ हजार ९ सय ८०, इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन्।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया