काेराेनाले विश्वभर झन्डै ३ लाखकाे मृत्यु, साढे ४३ लाख संक्रमित

काठमाडौं
विश्वभर ४३ लाख ४२ हजार ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण फैलिएको देशमा अमेरिका सबैभन्दा अगाडि छ। त्यहाँ १३ लाख ८९ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रुसमा २ लाख ४२ हजार २ सय ७१, बेलायतमा २ लाख ३० हजार ९ सय ८५, स्पेनमा २ लाख २८ हजार ६ सय ९१, इटालीमा २ लाख २२ हजार १ सय ४, ब्राजिलमा १ लाख ८९ हजार १ सय ५७, फ्रान्समा १ लाख ७८ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ९६ हजार ६ सय ९० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ८४ हजार ५९ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३३ हजार २ सय ६३, इटालीमा ३१ हजार १ सय ६, स्पेनमा २७ हजार १ सय ४, फ्रान्समा २७ हजार ७७ र ब्राजिलमा १३ हजार १ सय ४९ जनाको मृत्यु भएको छ।
विश्वभर १५ लाख ४६ हजार ८ सय ११ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ २ लाख ४३ हजार ४ सय ३०, जर्मनीमा १ लाख ४८ हजार ७ सय, स्पेनमा १ लाख ४० हजार ८ सय २३, इटालीमा १ लाख १२ हजार ५ सय ४१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया