स्वास्थ्य मन्त्रालयले सच्यायाे त्रुटि, संक्रमितको संख्या २४५ नै

समाधान संवाददाता २०७७ जेठ १ गते ११:१५

समाधान संवाददाता

स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या २ सय ४५ रहेको जनाएको छ । बिहिबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको जनाएको थियो ।

अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २ सय ४५ रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

Advertisement

‘पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका पाँचजनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् । नेपालमा हालसम्म ३५ जना उपचारपछि निको भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया