जिल्ला प्रशासनले जारी गरेका सबै पास रद्द

समाधान संवाददाता
जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै पास रद्द गर्ने भएको छ । गृह मन्त्रालयले यसअघि जारी भएका सबै पास जेठ ३ गतेदेखि रद्द गर्ने निर्णय गरेको हो । जेठ १ गते आजदेखि अन्तरजिल्ला आउजाउका लागि दिएका पास रद्द भएपछि जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास पनि खारेज गर्ने निर्णय गरेको मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए ।
कोरोना संक्रमण दर बढेपछि मन्त्रालयले आवातजावतमा कडाई गर्न जेठ १ गतेदेखि अन्तरजिल्लाका लागि दिइएका इपास र अन्य पास रद्द गर्ने निर्णय गरेको थियो ।
अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने, अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने, पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने, पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने, पासबिना सवारी आवागमन भएको पाइए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया