नेकपा कास्की जिल्ला सदस्य अधिकारीलाई पितृशोक

समाधान संवाददाता २०७७ जेठ १ गते २१:४६



समाधान संवाददाता
पोखरा, १ जेठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारीलाई पितृशोक परेको छ । उनका बुबा रविलाल अधिकारीको ८८ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । अन्नपूर्ण–२, सेराचौर निवासी अधिकारी पछिल्लो समय पिसाबको समस्याबाट पीडित थिए ।

Advertisement

उनको बिहीबारै हेमजास्थित सेतीनदी घाटमा अन्त्येष्ठि गरिएको छ । उनलाई छोराहरु गोविन्दप्रसाद, तुलाराम र होमनाथले दागबत्ती दिएका थिए ।

त्यस्तै उनको पार्थिव शरीरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला, प्रदेशसभा सदस्य रामजीप्रसाद बराल, पार्टीका जिल्ला सचिव बखानसिंह गुरुङ, पोखरा महानगरपालिका अध्यक्ष दीपक पौडेल तथा मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्घाञ्जली दिएका थिए ।

Advertisement

अधिकारीका जेठा छोरा तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारी कानुन व्यवसायी समेत हुन् । अधिकारीका श्रीमती, ४ छोरा बुहारी, ३ छोरी ज्वाइँ, नाति ९, नातिनी ९, पनाति १ तथा नातिनी ज्वाइँ २ जना छन् ।



तपाईको प्रतिक्रिया