छायाँ नेपालले बाँड्यो १ सय परिवारलाई राहत

समाधान संवाददाता २०७७ जेठ २ गते १६:५४

समाधान संवाददाता
पोखरा, २ जेठ

लामो समयको लकडाउनका कारण अप्ठोरोमा परेकालाई छाया नेपालले सहयोग गरेको छ । लकडाउनका कारण देशैभरको सबै उद्योग, व्यवसाय, होटल, रेस्टुरेन्ट, स्कुुल, कजेज, सडक निर्माण, निजी तथा व्यावसायिक भवन निमार्ण कार्य लगायत सबै काम बन्द छन् । लकडाउनको कारणले दैनिक ज्यालादारी गर्नेले काम नपाएकोले आम्दानी खानाका लागि अप्ठेरोमा परेकाहरुलाई लक्ष्य गरेर सहयोग गरेको हो ।


संस्थाले पोखरा महानगनरपालिका वडा नम्बर ६ शान्तिपाटन वैदाममा १ सय परिवारलाई राहत वितरण गरेको हो । २५ केजी चामल, दाल, चिउरा, चिनी, सोयाबिन, खाने तेल, नुन र साबुन लगायत करिब २ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो ।

Advertisement

पोखरा महानगरापालिका वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी, छाया नेपालका मेडिकल डाइरेक्टर डा. रविराज तिमसेना, वडा सदस्य हरि पहारीसहितले राहत सामग्री वितरण गरेका थिए । राहत वितरणमा धेरैअघि देखि पोखरामा बस्दै आएका विदेशी नागरिकक टोमस, अलेक्स, माइक र पोखरा ६, का धु्रव बस्नेत र संगिता बस्नेत समेतले सहयोग गरेका थिए ।

राहत विरण कार्यक्रममा वडाध्यक्ष पहारीले राहतको सही सदुपयोग गरी कोरोना रोगबाट बच्न साबुन पानीले नियमित हात धुने, स्वास्थमा विशेष ध्यान दिन र सकेसम्म घरैमा बस्न सबैलाई अनुरोध गरे ।

Advertisement

छाँया नेपालका मेडिकल डाइरेक्टर डा. तिमसेनाले छायाँ नेपालले, देशका काठमाडौं, भक्तपुर, सर्लाही, पोखरा गरी १ हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको बताए ।

तपाईको प्रतिक्रिया