थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

समाधान संवाददाता २०७७ जेठ ३ गते १०:२५

समाधान संवाददाता

नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ । कोरोना संक्रमितको संख्या विश्वभर ४५ लाख ३४ हजार ७ सय ७३ छ।

Advertisement

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ १४ लाख ४२ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रुसमा २ लाख ६२ हजार ८ सय ४३, बेलायतमा २ लाख ३८ हजार ४, स्पेनमा २ लाख ३० हजार १ सय ८३, इटालीमा २ लाख २३ हजार ८ सय ८५, ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

विश्वभर ३ लाख ७ हजार १ सय ८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा बढी छ। त्यहाँ ८७ हजार ४ सय ९३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३४ हजार ७८, इटालीमा ३१ हजार ६ सय १०, फ्रान्समा २७ हजार ५ सय ३२, स्पेनमा २७ हजार ४ सय ५९, ब्राजिलमा १४ हजार ८ सय १७ को मृत्यु भइसकेको छ।

विश्वभर १६ लाख ३३ हजार १ सय ८५ जना संक्रमणमुक्त भएका छन्। अमेरिकामा सबैभन्दा बढी २ लाख ५० ७ सय ४७ जना संक्रमणमुक्त भएका छन्। जर्मनीमा १ लाख ५१ हजार ५ सय ९७, स्पेनमा १ लाख ४४ हजार ७ सय ८३, इटालीमा १ लाख २० हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया