घनले हानी हत्या गरेर शव गाड्ने ४ जना पक्राउ

समाधान संवाददाता
पोखरामा १ व्यक्तिको हत्या गरेर शव गाडेको आरोपमा ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १४ समिन तारास्थित २२ वर्षीय विमल रानाभाटलाई घनले प्रहार गरी बारीमा गाडेको आरोपमा उनीहरु जेठ २ गते पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही ठाउँका ज्ञानबहादुर परियार, १८ वर्षीय सञ्जय दर्जी, १८ वर्षीय कुमार परियार र बागलुङ घर भएका १९ वर्षीय सागर परियारलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार १ महिनाअघि रानाभाटलाई घनले प्रहार गरी हत्या गरेर ज्ञानबहादुर परियारले आफ्नै घर पछाडि बारीको डिलमा गाडेका थिए । शुक्रबार कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले शव सडेको अवस्थामा सोही ठाउँमा फेला पारेको थियो ।
घटनाका ओरापितलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका डिएसपी रेग्मीले जानकारी दिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया