विश्वभर काेराेनाले ३ लाख ११ हजारकाे मृत्यु सवा ४६ लाख संक्रमित

पाेखरा
काेभिड १९ ले विश्वभर ३ लाख ११ हजार ४ सय २५ जनाकाे मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार ४६ लाख २९ हजार ५ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ १४ लाख ६६ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, रुसमा २ लाख ७२ हजार ४३, बेलायतमा २ लाख ४१ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २४ हजार ७ सय ६० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
बढी मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अगाडि छ। त्यहाँ ८८ हजार ७ सय ३० जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३४ हजार ५ सय ४६, इटालीमा ३१ हजार ७ सय ६३, स्पेनमा २७ हजार ५ सय ६३, फ्रान्समा २७ हजार ५ सय ३२, ब्राजिलमा १५ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।
विश्वभर १६ लाख ९१ हजार ६ सय १३ संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ २ लाख ६८ हजार ३ सय ७६, जर्मनीमा १ लाख ५२ हजार ६ सय, स्पेनमा १ लाख ४६ हजार ४ सय ४६, इटालीमा १ लाख २२ हजार ८ सय १० जना संक्रमणमुक्त भएका छन्।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया