काेराेना संक्रमित ९ जना थपिए, मुलुभर ३ सय ४ जनामा संक्रमण

समाधान संवाददाता २०७७ जेठ ५ गते ९:२७

पाेखरा

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ४ पुगेको छ । थप ९ जनामा सोमबार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा रौतहट र बाराका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमित हुनेमा बाराको इशनाथ नगरपालिकाको वडा नम्बर २, ३, ६ र ९ का ७ जना पुरुष र माधवनारायण नगरपालिका–३ की २८ वर्षिया महिला छन् । ।

यस्तै बाराको करैयामाई–५ का ३८ वर्षे पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

Advertisement

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जनाए ।

तपाईको प्रतिक्रिया