मुस्ताङमा नियमित खोप सेवा सूचारु

एसके थकाली जोमसोम
हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा कोरोना कहरले सृजित लक डाउनकाबीच खोप कार्यक्रम भएको छ । यसअघि कोरोना कहरले रोकिएको नियमित खोप कार्यक्रम आईतबार देखि सूचारु भएको हो ।
जन्मे देखि १५ महिनासम्मका नवजात शिशुलाई लगाईने नियमति खोप जिल्लाका १५ स्थानका स्वास्थ्य शाखा ,प्राथमिक स्वास्थ्यकेन्द्र र जिल्ला अस्पतालको पालिका खोपकेन्द्रमा सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । नियमति खोप कार्यक्रम जेठ ४ देखि जेठ ८ गते सम्म संञ्चालन हुने जनाईएको छ ।
यसअघि जिल्लामा हुने नियमित खोप कार्यक्रम २ महिना लामो लक डाउनले स्थगित हुँदै आएको थियो ।पछिल्लो समय कोरोना संक्रमित बृद्धि भईरहेको र बन्दाबन्दीको अवस्थाले खोप कार्यक्रम अन्योल बनेको थियो । संम्भावित कोरोनालाई मध्यनजर गर्दै सामाजिक दुरी अपनाएर खोप कार्यक्रम पूनः सूचारु गरिएको जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
कोरोना भाईरस ( कोभिड–१९) ले सृजित लक डाउनले जिल्ला भित्र खोप कार्यक्रम प्रभावित हुँदै आईरहेको स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे । वालवालिकालाई लाग्न सक्ने विभिन्न रोगसंग जुध्नका लागि खोपको मात्रा पुरा गर्नुपर्ने हुन्छ ।वालवालिकाको स्वास्थ्य रक्षाका निम्ति लगाईने खोप कार्यक्रममा कुनैपनि वालवालिका बन्चित नहोस भन्ने हेतुले उच्चसजगता अपनाएर स्वास्थ्यकर्मीले खोप कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।
लक डाउनकैबीच सबै जिल्लाका स्वास्थ्य शाखा तथा खोपकेन्द्रमा स्वास्थ्यकर्मीले माक्स ,ग्लोब्स लगायतका समाग्री उपयोग गर्ने र खोप लगाउनु अघि सेनेटाईजरले राम्ररी हात धोएर नवजात शिशुलाई नियमित खोपको मात्रा प्रदान गरिन लागिएको हो । वालवालिकामा हुने विभिन्न ११ प्रकारका रोग बिरुद्ध प्रतिकार्य गर्न सरकारले निःशुल्क बिसीजी डिपिटी र पोलियो लगायतका खोप उपलब्ध गराउदै आईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया