लकडाउनमा सुन्तला र कागतीको विरुवा बेचेर लाखौं आम्दानी गर्दै फगामका किसान

राकेश शर्मा, म्याग्दी
लकडाउनमा नै म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका २ दाना फगामका किसानले सुन्तला र कागतीको विरुवा बेचेर लाखौं आम्दानी गरेका छन्। फगामका अधिकांश घरले आफ्नो बारीमा नर्सरी स्थापना गरेर वार्षिक लाखौं आम्दानी गर्दै आएका हुन् ।
करिब ७० घरदुरी रहेको फगाममा सुन्तला र कागती राम्रो हुने भएकाले किसानले विरुवा बेचेर नै मनग्गे आम्दानी गर्न सफल भएको बताएका छन् । फगामकी दिलमाया पुनले सुन्तला र कागतीको विरुवा बेचेर नै लाखौं आम्दानी गरेकी छन् ।
उनका श्रीमान २ दशकदेखि वैदेशिक रोजगारीका लागि खाडीमुलुक गएका छन् । उनकोे राम्रो कमाई नहुने र भएपनि आफ्नै उपचारमा खर्च हुने भएपछि पुनले श्रीमानको आम्दानीको वैकल्पिक आम्दानीका लागि सुरु गरेको नर्सरीबाट अहिले वार्षिक ३ देखि ४ लाख आम्दानी गरेको बताइन् ।
उनले प्रगतिशील मल्टी एग्रो तथा फलफूल नर्सरी सञ्चाल गरेको नर्सरीमा कागती र सुन्तलाका १५ हजार बढी विरुवा छन् । ‘मैले यही विरुवा बेचेर घरको खर्च र छोरा छोरीको पढाई खर्च पुर्याएको छु, श्रीमानको विदेशमा राम्रो कमाइ छैन,’ उनले भनिन्, ‘२ दशक हुन लाग्यो उहाँ विदेश गएको तर बिरामी भएर आफूले कमाएको पैसा आफैलाई उपचार गर्न ठिकै भएको छ, मैले यहाँ बिरुवा बेचरे घर चलाएको छ ।’
त्यस्तै फगामका किसानले उत्पादन गरेको विरुवा र तरकारी लिनका लागि ग्राहकहरु गाउँमा नै पुग्ने गरका छन् । उनीहरुले नर्सरी र तरकारी खेतीबाट लाखौं आम्दानी गरेका छन् । नर्सरी र तरकारी बेचेर नै छोरा छोरीको पढाई खर्चसहित ठाउँ ठाउँमा घर घडेरी समेत जोडेका छन् ।
आफ्नै खेतीयोग्य जमिन र घर नजिकको खरबारीमा तयार गरेको नर्सरीमा उत्पादन भएका बिरुवा बिक्रीबाट वार्षिक १० लाखसम्म कमाउने गरेको जोगबहादुर विकको भनाइ छ ।
‘यही विरुवा बेचेर मैले पोखरा, चितवन, काठमाडौंमा घर घडेरी जोडेको छु,’ उनले भने ३ दशकभन्दा बढी भयो तरकारी र बिरुवाको खेती गर्न थालेको यसले राम्रो भएको छ । ‘छोरीले कृर्षि कार्यालयमा जागिर गर्छे, छोरोले विज्ञान विषय लिए पठ्दै छ, काठमाडौंमा सबै खर्च यही विरुवा र तरकारी बेचेर कमाएको हुँ,’ उनले भने ।
गाउँपालिका भित्र व्यावसायिक कृषि पेशा गर्ने किसानका लागि गाउँपालिकाले अनुदानको व्यवस्था गर्ने र बजारीकरणका लागि सहजीकरण गर्न सहयोग गर्ने गाउँपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षमा गाउँपालिकाले पकेट क्षेत्र विभाजन गरी किसानलाई राहतको प्याकेज बनाउने गाउँपालिका उपाध्यक्ष केशमाया पुनले बताइन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया