लकडाउनभर गण्डकी प्रदेशमा ४१ हिंसाका घटना

समाधान संवाददाता
गण्डकी प्रदेशमा लकडाउनको ५४ औं दिनसम्म ४१ वटा महिला तथा बालिका हिंसाका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार लकडाउनको ५४ औं दिनसम्म प्रदेशभर यत्तिको संख्यामा घटना भएका छन् ।
महिलामाथि २८ र बालिकामाथि १३ हिंसाका घटना भएको इन्सेकले जनाएको छ । महिलातर्फ घरेलु हिंसाका २१, बलात्कारका ४, बहुविवाहका २ र कथित बोक्सीको आरोपका १ घटना भएको तथ्यांकमा उल्लेख छ । यस्तै बालिकातर्फ भने बलात्कारका ७ र यौन दुव्र्यवहारका ६ घटना भएको छ ।
देशभर भने लकडाउनको ५४ औं दिनसम्म ५ सय २ वटा हिंसाका घटना भएका छन् । यो अवधिमा सबैभन्दा धेरै हिंसाका घटना बागमती प्रदेशमा १ सय ५४ वटा घटेका छन् । प्रदेश ५ मा १ सय, प्रदेश १ मा ९१, कर्णाली प्रदेशमा ६३, प्रदेश २ मा ३१ र सुदूरपश्चिम प्रदेशमा २२ वटा हिंसाका घटना भएका छन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया