गाउँको बारे निबन्ध प्रतियोगिता

समाधान संवाददाता २०७७ जेठ ८ गते १३:५४

काठमाडौं, ८ जेठ

लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।

Advertisement

मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन नेपालभित्रका जुनसकै गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध [email protected] मा जेठ २० गतेभित्र पठाउनु पर्नेछ ।

‘निबन्धका साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तीमा ३ वटा तस्बिर हुनु पर्नेछ,’ खड्का भन्छन्, ‘इमेलमा प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट ३ निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्नेछौं ।’

Advertisement

मञ्चले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ । ‘पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गाउँ ठाउँको सम्भावना उजागर गर्न हामीले प्रतियोगिता गरेका हौं,’ उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय सम्भावना भएका थुप्रै ठाउँ छन् । त्यस्ता ठाउँलाई हामी चर्चामा ल्याउने छौं ।’


पर्यटन प्रवर्द्धन मञ्च पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था हो । यसले प्रतियोगिताबाट उजागर हुने गाउँहरूको पर्यटन विकासमा पनि सहयोग पुर्‍याउने जनाएको छ ।

तपाईको प्रतिक्रिया