संविधान संसोधनको प्रस्ताव दर्ता

समाधान संवाददाता २०७७ जेठ ९ गते १६:०७

काठमाडौं – संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता भएको हो।

Advertisement

हालको उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

Advertisement

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।

तपाईको प्रतिक्रिया