सूर्य नेपालद्वारा शुक्लागण्डकी कोरोना कोषमा १० लाख सहयोग

समाधान संवाददाता
दुलेगौंडा, ९ जेठ
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ७ स्थित सेरोटारमा अवस्थित बहुराष्ट्रिय सूर्य नेपाल प्रालिले शुक्लागण्डकी कोरोना राहत कोषमा १० लाख रुपैया सहयोग गरेको छ ।
शुक्रबार कारखानाका प्रबन्धक बाबुराम कार्कीले नगर प्रमुख किसान गुरुङलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन् । सो अवसरमा उपमेयर सविता रसाइली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडा नं. ७ का अध्यक्ष रामबहादुर क्षेत्री थापा लगायतको उपस्थिति थियो ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत नगरको कोषमा सहयोग गरिएको प्रबन्धक कार्कीले उल्लेख गरे । सिमरामा मुख्य कारखाना रहेको सूर्य नेपालले शुक्लागण्डकीमा २०७१ सालमा उद्योग सञ्चालन गरिएको हो ।
नगरपालिकाको अभियानमा सहयोग गरेकामा मेयर गुरुङले धन्यवाद दिए । नगरपालिकाले खडा गरेको कोरोना कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गर्ने क्रम बढिरहेको छ ।
नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालका अनुसार उक्त कोषमा हालसम्म करिब १६ लाख रुपैयाँ जम्मा भएको छ । उक्त कोषमा नगरपालिकाको तर्फबाट ६० लाख विनियोजन गरिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया