लुम्बिनी विकास बैंकका कर्मचारीको कोरोना बिमा

समाधान संवाददाता
पोखरा, १० जेठ
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बिमा गरेको छ ।
बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी १ लाख रुपैयाँको कोरोना बिमा सम्बन्धी सम्झौता बैंक र एभरेस्ट इन्योरेन्स कम्पनी लिमिटेडका बीचमा भएको हो ।
सम्झौता अनुसार अब बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेठ ९ गतेदेखि लागु भई १ वर्षसम्म मान्य हुने छ ।
यसबाट यस विषम परिस्थितिमा अहोरात्र खटिएका कर्मचारीको मनोबल केही हदसम्म भएपनि बढ्ने बैंकले विश्वास लिएको छ ।
यस विषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरिएको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकालले बताए ।
हाल बैंकले देशभरका सातवटै प्रदेशका ६८ वटा शाखा र १६ वटा एटिएम मार्फत् करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया