स्याङ्जा हरिनासका १ पुरुषकाे नाैतनवाकाे क्वारेन्टिनमा मृत्यु

पाेखरा
भारतको नौतनवास्थित क्वारेन्टिनमा बसेका स्याङ्जाकाे हरिनासका १ पुरुषकाे मृत्यु भएको छ।
रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ मग्याम चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारत नौतनवाका एसडिएम जसधिर सिंहले बताए।
हरिनास गाउँपालिकाका अध्यक्ष खीमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टिनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताए।
ती युवक जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पिजी कलेजको क्वारेन्टिननमा बसेका थिए।
उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टिनमा ल्याएपछि मृत्यु भएको बताइएको छ।
हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टिनमा राखिएको थियो।
क्वारेन्टिनमा रहेका उनको खुट्टा र अन्डकोष सुन्निएको भारतीय अधिकारीहरुले बताएका छन्।
नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली छन्।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया