थप १० जिल्लाका १९ जनामा कोरोना, संक्रमितको संख्या ६०३
समाधान संवाददाता
२०७७ जेठ ११ गते १६:४७

समाधान संवाददाता
नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार दिउसो १९ जना नयाँ थपिएसंंगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
मन्त्रायका अनुसार सबै भन्दा धेरै रुपन्देहीमा ६ जना थपिएका छन । रुपन्देही नजिकैको कपिलवस्तु जिल्लमा ३ जना नयाँ संक्रमित फेला परेका छन ।
त्यस्तै गुल्मीमा १ जना, मोरेङमा १ जना, बारामा १ जना, पर्साको विरगञ्जमा ३ जना, रौतहटमा १ जना, सर्लाहीमा १ जना, काठमाण्डौंमा १ जना र नुवाकोटमा १ कोरोना संक्रमित पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया