जुलोजिकल पार्क, वन र प्रदेशबीच बन्यजन्तु उद्धारकेन्द्र स्थापनार्थ सम्झौता

समाधान सम्वाददाता
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पोखरा ३१ स्थित पचभैयामा निर्माणधिन वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागी छुट्याइएको १ करोड ५० लाख बजेटका लागी जुलोजिक पार्क र वन निर्देशनालय गण्डकी प्रदेश बीच सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्साल र पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल बीच सम्झौता पत्रमा हस्ताक्षर गरी वन्यजन्तु उद्धार केन्द्रका लागि काम शुरु भएको हो ।
मंगलबार सम्झौता गरिएको बजेट रकमले वन्यजन्तु उद्धार केन्द्रमा मृगको इनक्लोजर, वन्यजन्तुका लागी पानी ट्याङकी, बांदरका लागी इनक्लोजर र विभिन्न इनक्लोजरसम्म पुग्ने गोरेटो बाटो निर्माणका लागी इष्टीमेट लागत कुल ९६ लाख २५ हजार २ सय ७ रुपैयाको निर्मााण सम्झौता भएको छ ।
जसमा मृगको इनक्लोजरमा ५० लाख ३६ हजार ७७ रुपैया, वन्यजन्तुका लागी पानी ट्याङकी निर्माणका लागी २ लाख ५ हजार ४ सय २८ रुपैया, वांदरको इनक्लोजरका लागी २७ लाख ३७ हजार ४ सय ५ रुपैया र विभिन्न इनक्लोजर सम्म पुग्ने गोरेटो बाटोका लागी १६ लाख ४६ हजार २ सय ९७ रुपैयाँ छुट्याइएको छ ।
उक्त रकम बाहेक स्थानियको २० प्रतिशत जनसहभागीताबाट वन्यजन्तु उद्धार केन्द्रको पहिलो चरणको काम आगामी असार भित्रमा सम्पन्न गराइसक्नुपर्ने वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्सालले वताए ।
जुलोजिकल पार्कमा दोश्रो चरणमा मयुरको इनक्लोजर, घाइते बन्यजन्तुको उपचार कक्ष, विरामी तथा घाइते जनवार बोक्ने स्वचालित स्ट्रेचर, हिमालयन थारको इनक्लोजर, भालुको इनक्लोजर, उद्धार कक्षको प्रवेश द्धार निर्माणका लागी सम्झौता गरिने पोखरा जुलोजिक पार्कका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया