आज ११४ जना थपिए संक्रमित
समाधान संवाददाता
२०७७ जेठ १४ गते १६:३०

पोखरा
नेपालमा आज बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन् ।
मंगलबार राति नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोसी अस्पतालबाट ४ र भेरीस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो ।
सम्बन्धित







पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया