धौलागिरीलाई फेरि कोरोना संक्रमित निको पार्ने जिम्मा

समाधान संवाददाता २०७७ जेठ १४ गते २०:५७

समाधान संवाददाता

बागलुङका २ संक्रमितलाई निको बनाएर घर फर्काएको धौलागिरी अञ्चल अस्पतालको काँधमा फेरि ६ संक्रमितलाई निको पार्ने जिम्मा थपिएको छ । जिल्लाका ६ जनामा बुधबार कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

१ सय ६ जनाको स्वाब संकलन गरेर पिसिआरका लागि पोखरास्थित कोरोना प्रयोगशालामा परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

Advertisement

जिल्लाको बडिगाड र तमानखोला गाउँपालिकाका ६ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । दुवैमा कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताए ।

संक्रमित सबै भारतबाट सुनौली नाका हुँदै नेपाल आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । संक्रमित बिरामीको उपचार गर्न आफूहरु तयार रहेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले बताए ।

Advertisement

अस्पतालमा कोरोना संक्रमित र शंकास्पद संक्रमितलाई राख्न १२ बेडे तयारी अवस्थामा राखिएको मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले जानकारी दिए ।

‘सुरुमा हामीसँग ४ बेड थियो । त्यसलाई विस्तार गरेर अहिले १२ बेड तयारी अवस्थामा राखेका छौं,’ उनले भने । संक्रमित भेटिएपछि मेडिकल सामग्री लिएर स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा बागलुङ पुगेका छन् ।

तपाईको प्रतिक्रिया