अनलाइन कार्यशाला समापन

समाधान संवाददाता २०७७ जेठ १७ गते ६:४८

स्याङ्जा

प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाले सञ्चालन गरेको १ महिने अनलाइन प्रशिक्षण कार्यशाला समापन गरिएको छ ।

Advertisement

समापन कार्यक्रमको अध्यक्षता प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाका अध्यक्ष दोलराज ढकालले गरेका थिए ।

कार्यक्रममा आँधिखोला गाउँ पालिका अध्यक्ष सुधिर पौडेल, प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय महासचिव देवीप्रसाद शर्मा, समाज गण्डकीका अध्यक्ष श्रीकान्त पौडेल, एनएनटीएका उपाध्यक्ष जमुना चापागाईं, नेपाल राष्ट्रिय शिक्षक स‌ंगठनका केन्द्रीय सदस्य याम बहादुर कुँवर, समाजका केन्द्रीय प्राविधिक समिति सदस्य संविधान लामिछाने, नेराशिसं स्याङ्जाका अध्यक्ष हिमलाल ढकाल बहाकोट माविका प्रअ श्यामकुमार थापा, सरस्वती माविका शिक्षक श्री ईन्दिरा कार्की गोदारले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा स्वागत मन्तव्य प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाका सचिव युवराज पौडेलले राखेका थिए । कार्यक्रममा डिजिटल शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो । शिक्षक युवराज थापाले सामाजिक, कुशल लामिछानेले अंग्रेजी, रामोसिंह थापाले कम्प्युटर, रीता शर्माले नेपाली, चण्डीप्रसाद सुवेदीले नेपाली, सपना गुरुङले कम्प्युटर विषयको विषयगत डिजिटल सामग्री प्रदर्शन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले शिक्षकलाई समय अनुसार प्रविधिसँग घुलमिल गर्दै लैजानुपर्ने बताए ।

जुम क्लाउडबाट सञ्चालित उक्त कार्यक्रमको सञ्चालन होस्ट प्रविधिमैत्री शिक्षक समाज स्याङ्जाका उपाध्यक्ष कृष्ण गोदारले गरेका थिए ।

तपाईको प्रतिक्रिया