मिराको अन्त्येष्टि, ८ बर्षीय छोरा र जेठाजुले दिए दागबत्ती

समाधान संवाददाता
शुक्रबार अकस्मात मृत्युबरण गरेकी पोखरा–४ सिद्धार्थचोककी ३९ बर्षीया मिरा मुल्मीको शनिबार अत्येष्टि गरिएको छ । पेट दुख्यो भन्दै फिस्टेल हस्पिटलमा लगिएकी मिराको पेनकिलर इन्जेक्शन दिएको केही समयमै मृत्यु भएको थियो ।
शनिबार पोखराको तुल्सीघाटमा उनको दाहसस्कार गरिएको हो । मिराको पार्थिब शरिरमा ८ बर्षीय छोरा र जेठाजुले दागबत्ती दिएका थिए ।
गत बर्ष ब्रतबन्ध बसेका छोरा सानै भएकाले उनलाई सघाउन मृतक मिराका जेठाजु दिपक मुल्मी पनि क्रिया बसेका छन् । मिरा पोखराका व्यवसायीका नेता फेन्सी तथा रेडिमेड ब्यवसायीसंघका अध्यक्ष प्रदिप मुल्मीकी श्रीमती हुन् ।
शुक्रबार उनको आकस्मिक मृत्युपछि आफन्तले इन्जेक्शन लगाउना साथ कसरी मृत्यु भयो भन्दै कारण मागेका थिए । अस्पताल मै बसेको वार्तामा चिकित्सकले उपचार पद्धती बारे जानकारी गराए पछि आफन्त शव बुझ्न राजी भएका थिए । उनको शब शुक्रबार फिस्टेल हस्पिटल मै राखिएको थियो भने शनिबार विहान घरमा लगेर शवयात्रा निकालिएको थियो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया