आइपासद्वारा गण्डकी स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ जेठ २० गते ६:२९
lrKn]9'Ë, !( h]7 M cfO kf; g]kfnaf6 :jf:Yo ;fdu|L k|bfg cfO kf; g]kfnsf k|ltlglw ;/:jtL lu/Ln] k|b]zsf kfFr lhNnfsf nflu ? @) nfv a/fa/sf] :jf:Yo ;fdu|L u08sL k|b]zsf ;fdflhs ljsf;dGqL g/b]jL k'gnfO{ k|bfg ub}{ . ;fydf :jf:Yo lgb]{zs ljgf]bljGb' zdf{ . tl:a/M hd'gfjiff{ zdf{ ÷ /f;;

समाधान संवाददाता
पोखरा, २० जेठ


आइपास नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई २० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । आइसपासका प्रतिनिधि सरस्वती पुरीले प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन र स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मालाई उक्त सामग्री सोमबार हस्तान्तरण गरिन् ।

प्रदेशका जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई ध्यान दिँदै प्रदेशका ५ जिल्लाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको पुरीले जानकारी दिइन् । उनले भनिन्, ‘जोखिम बढिरहेको छ, अग्रमोर्चामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री अभाव नहोस् भनेर प्रदेशमार्फत नवलपरासी, गोरखा, स्याङ्जा, म्याग्दी र पर्वतका लागि सामग्री उपलब्ध गराएका हौं ।’ पुरीले स्वास्थ्य स्वयंसेविकाका लागि पनि सामग्री रहेको जानकारी दिइन् ।

Advertisement

मन्त्री पुनले कोभिडविरुद्धको लडाइँमा सबै क्षेत्रबाट यसरी नै ऐक्यबद्धता, समन्वय र सहयोगको खाँचो औंल्याइन् । प्रदेशका स्वास्थ्य निर्देशक शर्माले प्राप्त सामग्री सम्बन्धित अस्पताल र स्वास्थ्यसंस्थाका चिकित्सक एवं स्वास्थ्यकर्मीमा छिटो पुर्‍याइने बताइन् ।

आइपासका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवरले स्वास्थ्य सामग्रीमा एन ९५ मास्क र अन्य मास्क, पञ्जा, गाउन, एप्रोन, पिपिइ, आवश्यक औषधिलगायत सामग्री रहेको जानकारी दिइन् । उनका अनुसार आइपासले सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाका लागि गण्डकी प्रदेशलाई सहयोग गर्दै आएको छ ।

Advertisement

अहिलेको जोखिमपूर्ण अवस्थामा भने गण्डकीसँगै अन्य प्रदेशमा पनि कोभिड –१९ विरुद्ध स्वास्थ्य सामग्री सहयोग गरिँदैआएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया