स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्दै नेलम्बो

समाधान संवाददाता २०७७ जेठ २० गते १६:१९

समाधान संवाददाता

पोखरा, २० जेठ

नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा, औषधी तथा खाद्यान्य सामाग्री सहयोग गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि शिक्षा र स्वस्थ्यको क्षेत्रमा कार्य गर्दै आइरहेको पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्रमा पर्ने ठाउँमा सहयोग गरेको हो ।

Advertisement

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक किसन कोइरालाले माछापुच्छ«े गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुंगाना र वडा नं. ७ का वडाध्यक्ष समबहादुर गुरुङलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।

नेलम्बो नेपाललले माच्छापुच्छ्रे गाँउपालिका वडा नं. ६, धितालमा ४४ हजार ७ सय ८ रुपैयाँ वारवरको पिपिई लगायत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु थर्मोमीटर, स्यानिटाइजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल गल्वस, हातधुने साबुन हस्तान्तरण सहयोग गरेको हो ।

Advertisement

त्यसैगरी सोही गाँउपालिकाको वडा नं. ७ धम्पुसमा अवस्थित स्वास्थ्यचौकीलाई ६५ हजार ८ सय ३४ रुपैया वरावरको पिपिई लगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरु थर्मोमीटर, स्यानिटाईजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल गल्वस, हातधुने साबुन सहयोग गरेको हो ।

त्यस्तै वडा नंं. ६ मा बसोबास गर्ने पार्वती नेपाली र दीपेन्द्र नेपालीलाई ५ हजार ३७ रुपैयाँ वरावरको नियमित रुपमाखाने औषधी र खाद्यान्य सामग्रीहरु सहयोग गरेको नेलम्बो नेपालका सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले जानकारी दिए । नेलम्बो नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा माछापुच्छ्रे गाउँपालिका काम गर्दै आएको छ।

यसैगरी पोखरा महानगर पालिका वडा नं. ३ मा पनि स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक किसन कोइरालाले वडा नं. ३ का वडाध्यक्ष रविन्सन प्रजुलाई १२ हजार ९ सय ८५ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया