जलविद्युत आयोजनाका मजदुरलाई नारच्याङ गाउँ प्रवेशमा रोक

राकेश शर्मा
म्याग्दी, २१ जेठ
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित जलविद्युत आयोजनाहरुमा काम गर्न बाहिरबाट ल्याइएका मजदुरलाई गाउँ प्रवेशमा रोक लगाएपछि मजदुर अलपत्र परेका छन् । विभिन्न गाउँबाट २÷३ दिन लगाएर आएका ३० जना मजुरहरु सडकमा नै अलपत्र परेका हुन् ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरी क्यासकेट ६२ मेघावट जलविद्युत आयोजनामा काम गर्नको लागि सल्यान, सिन्धुपाल्चोक र नुवाकोट लगायतका ठाउँबाट ल्याईएका मजदुरहरुलाई स्थानीयबासीले गाउँ प्रवेशमा रोक लगाएका हुन् ।
निलगिरीको ठेकेदार कम्पनीले ऊर्जा मन्त्रालयको अनुमति र कोरोना जोखिमलाई मध्यनजर गर्दै आरडिटी परीक्षण गरेर मात्रै आयोजनामा काम गर्नको लागि मजदुर ल्याएको जनाए पनि स्थानीयबासीले गाउँमा बाहिरबाट कसैलाई पनि प्रवेश नदिने भन्दै उनीहरुलाई प्रवेश गर्न दिएका छैनन् । गाउँ प्रवेशमा रोक लगाएसँगै आफूहरु अलपत्र पर्ने अवस्थामा आएको मजदुरका नाइके प्रेम बस्नेत बताउँछन् ।
कम्पनीले स्थानीयबासी र जनप्रतिनिधिसंग समन्वय गरिरहेको भनेको छ, तर कहाँ बस्ने, के खाने ठेगान नभएको उनीहरुको भनाई छ । सिन्धुपाल्चोकबाट समेत काम गर्न पाउने र नपाउने निक्यौैल नभएको र आउँदा ल्याएका खर्च समेत सकिएको उनीहरुको बताउछन् ।
सिई कन्ट्रक्सन मार्फत आयोजनामा काम गर्नको लागि मन्त्रालय मार्फत अनुमति पाएर आफूहरु यहाँसम्म आएको र राती गाडीमै सुत्नुपर्ने अबस्था रहेको अर्का मजदुर कालु तामाङले बताए ।
अन्नपूर्णकै वडा नम्बर ६ घारमा निर्माणाधीन घारखोला जलविद्युत आयोजनामा काम गर्न ल्याइएका मजदुहरुलाई समेत स्थानीयबासीले गाउँमा नल्याउन चेतावनी दिएपछि पोखरेबगरमै रोकिएका छन् ।
नारच्याङ गाउँ प्रवेश गर्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको मोटरेवल पुलमा छेकबार लगाएर स्वयंसेवक खटिएर गाउँ प्रवेशमा कडाई गरिएको स्थानीय युवा विवेक पुर्जाले बताए ।
विभिन्न जोखिमयुक्त ठाउँबाट आउनेहरुमा कोरोना संक्रमण हुन सक्ने र गाउँमा फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँलाई स्थानीयले पूर्ण रुपमा बाहिरबाट आउन रोक लगाएका छन् ।
यता जिल्ला प्रशासनले जलविद्युत आयोजनाहरुले जिल्ला प्रशासन, स्थानीयबासी र स्थानीय तहसँग समन्वय नै नगरिकन बाहिरबाट मानिस ल्याएको बताएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया