लकडाउनमा पनि खुलेको पोखरा–२० तस्बिर

समाधान संवाददाता २०७७ जेठ २२ गते १३:५९

समाधान संवाददाता
कोरोना महामारीका कारण नेपाल सरकारले चैत ११ गतेदेखि आह्वान गरेको लकडाउन जारी छ । गण्डकी प्रदेश सरकारले भने लकडाउन थालेको झन्डै १ महिनापछि उद्योग र विकास निर्माणका काम थाल्न मापदण्ड बनाएर लागु गर्यो । सरकारले जारी राखेको लकडाउनमा अत्यावश्यक सेवा बाहेक सञ्चालन नगर्न निर्देशन छ ।

प्रदेश राजधानी पोखरामा भने लकडाउनको असर कम पर्दै गइरहेको छ । प्रदेशमा बिहीबारसम्म ५४ जनामा संक्रमण पुष्टि भइसकेको छ । कास्कीमा हालसम्म संक्रमित फेला परेका छैनन् । बिहीबार बागलुङ, पर्वत, म्याग्दी र स्याङ्जामा गरी एकसाथ १६ जनमा संक्रमण पुष्टि भएको थियो ।

पोखराका विभिन्न मुख्य चोकमा सवारी साधनको बाक्लो चाप र पार्किङमा भरमार सवारी देखियो । खाद्यान्नका पसल सञ्चालनमा रहेपनि पोखरामा केही स्थानमा फेन्सी, भाडा पसलहरु नि खुलेका छन् । वित्तीय संस्थामा सेवाग्राहीहरुको थुप्रै लाम देखिएको छ । ढुवानी सेवाहरु सञ्चालनमा आइरहेका छन् । लकडाउनकै बिच सृजनाचोकमा आकाशेपुल निर्माणका लागि बेसमेन्ट बनाउने काम अन्तिम चरणमा पुगेको छ । खानेपानीको पाइपलाइन विस्तारको कामसमेत सृजनाचोकमा भइरहेको देखिन्छ ।

Advertisement


लकडाउन मोडल परिवर्तन गर्नेबारे संघीय सरकारले चर्चा गरेपनि त्यसबारे ठोस निर्णय सार्वजनिक भइसकेको छैन । यसबीचमै पोखरामा लकडाउनको असर भने कम पर्दै गइरहेको छ । लामो लकडाउनका कारण जनजीवन प्रभावित हुँदा स्वतस्फूर्त पसलहरु खुल्न थालेका छन् ।







































Advertisement

तपाईको प्रतिक्रिया