पश्चिमाञ्चल अस्पताललाई आवश्यक परे पुरै कोरोना हस्पिटल बनाउछौं, अहिले सबैको उपचार भैरहेकोछ–मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले पुरानो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल वा हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै खाले विरामीको उपचार भैरहेको भन्दै भ्रम नछर्न आग्रह गरेका छन् ।
अहिले सो प्रतिष्ठानको एउटा भवन मात्र कोरोना भाइरस संक्रमित विरामीको उपचारका लागि प्रयोग भएको छ भन्दै अरु सबै खाले सेवा सञ्चालन भैरहेको मुख्यमन्त्रीले बताएका छन् ।
गण्डकी सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रनको जवाफ दिने क्रममा उनले हल्लाका भरमा सांसदहरुले प्रश्न उठाउन नहुने बताए ।
संघीय सरकारले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोनाका विरामी उपचार गर्ने अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको भन्दै आवश्यक परे पुरै अस्पताललाई कोरोना भाइरसको उपचार गर्ने अस्पतालमा रुपान्तरण गर्ने बताए ।
‘भोली चाहिन सक्छ, त्यसो भयो भने ४०० बेड नै लिनु पर्ने हुन्छ ।’ उनले भने–हामीसंग विकल्प छन, मणिपाल, गण्डकी मेडिकल कलेल लगायतका नीजि अस्पताल पनि लिन पर्ने हुन सक्छ ।’









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया