दैलेखमा आजै थपिए ११३ जना कोरोना भाइरस संक्रमित

समाधान संवाददाता
कर्णाली प्रदेशको जिल्ला दैलेखमा विहीबार एकैदिन ११३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
दैलेख जिल्ला नारायण नगरपालिकामा मात्र ६५ जना नयाँ संक्रमित पाइएका छन । ती मध्ये ६४ जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको छ।
त्यसैगरी दैलेखकै देबलकाँडा गाउँपालिकाका १२ जना पुरुष, सोत गाउँपालिकाका नौ जना पुरुष, मान्टाकुरा गाउँपालिकामा सात जना पुरुष साडु गाउँपालिकामा दुई जना पुरुष, भगनी गाउँपालिकामा पाँच जना पुरुष र बासकोट गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी गुमु जिल्लामा खत्याड गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ । बिहीबार मात्रै दैलेख र मुगुमा गरि १०६ जनामा कोरोना पुष्टि भएको हो।
यस कोरोना पुष्टि भएको कर्णाली प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो संख्या हो । यस अघि कर्णालीमा छ वटा जिल्लामा २६८ जनामा कोरोना पुष्टि भएको थियो। ती मध्ये एक जनाको कोरोनाकै कारण मृत्यु भएको थियो। कर्णाली प्रदेशमा संक्रमितको संख्या ३७४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आधिकारीक घाेषणा गर्न बाँकी छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया