हाम्रो सहयोगी सहकारीको वार्षिकोत्सव

समाधान संवाददाता
पोखरा २२ जेठ
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले कोरोनाको कारण लकडाउनका बीच पनि विविध कार्यक्रमको आयोजना गरी ११ औं वार्षिकोत्सव मनाएको छ ।
संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरले स्थापना गरेको कोभिड १९ रोकथाम उपचार कोषमा २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रमका बीच पोखरा महानगर सहकारी विभागका प्रमुख तेजनारायण अधिकारीलाई संस्थाका अध्यक्ष शुक्रराज कँडेलले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
कोभिड १९ लाई मध्यनजर गरी सहकारीले आफ्नो सम्पूर्ण कर्मचारी तथा सञ्चालक समितिको सम्पूर्ण पदाधिकारीहरुलाई समेटेर १ लाख को कोभिड बिमा गर्ने घोषणा गर्दै उक्त बिमाका लागि बिमा शुल्कको २ सय २५ रुपैयाँ संस्थाले बेहोर्ने गरी हाम्रो सहयोगी स्वास्थ्य सुरक्षा कोषको समेत सुभारम्भ गरिएको संस्थाका महासचिव लोकेन्द्रकुमार राइले जानकारी दिए ।
वार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत समेत संकलन गरिएको महासचिव राईले जानकारी दिए । संस्थाका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सहकारी विभागका प्रमुख तेजनारायण अधिकारी, संस्थाका सल्लाहकार राधिका योगी शाही, संस्थाका संस्थापक अध्यक्ष गिरिप्रसाद गुरुङ, पूर्व अध्यक्ष किसान सुनार लगायले बोलेका थिए ।
संस्थाका उपाध्यक्षबाट स्वागत मन्तव्य र लेखा सुपरिवेक्षक डिल्ली शर्माले सहकारीको ६ सिद्धान्त वाचन गरेका थिए ।






जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया