लायन्सले बाँड्यो नर्सलाई पिपिई

समाधान संवाददाता २०७७ जेठ २३ गते १७:३१

समाधान संवाददाता
पोखरा, २३ जेठ


लायन्स क्लब्स अन्तर्रास्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालका डिस्ट्रिक्ट गभर्नर इन्दु लम्साल तथा क्लस्टर १६ मा आवद्ध पोखराका १६ क्लबहरुको सहकार्यमा नर्सहरुलाई पिपिई सेट वितरण गरिएको छ ।


बिरामीहरुको सेवामा अग्रपंक्तिमा रहेर खट्ने पेसाले नर्स भएर पनि लायन्समा आवद्ध लायन्स क्लब अफ पोखरा नर्सेसका सदस्यहरुलाई ३२ सेट पिपिई वितरण गरिएको हो । कार्यक्रममा डिस्ट्रिक्टका पूर्व गभर्नर धनराज आचार्य, क्याबिनेट सेक्रेटरी विनोद ढंगाना, डिपार्टमेन्ट चिफ धनीराम बराल, क्लस्टर चिफ अर्जुनबहादुर थापा, डिपार्टमेन्ट अफिसर रामबहादुर बल्कोटी, रिजन चेयरपर्सन विष्णु बराल, ऋषि गिरी, जोन चेयरपर्सन वसन्तराज सिग्देल, खेम क्षेत्री, कालिदास पौडेल, खिमलाल बराल, १६ वटै क्लबका अध्यक्ष र प्रतिनिधि तथा नर्सेसका सदस्य सहभागी थिए ।

Advertisement


उक्त अवसरमा क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले बाँचौं र बचाउँ भन्ने हेतुले सेवामा खट्ने लायन्स परिवारकै नर्स साथीहरूलाई वितरण गरिएको यो कार्यक्रम नौलो र अत्यन्तै सान्दर्भिक रहेको बताए ।


कार्यक्रमका पूर्व गभर्नर धनराज आचार्यले सर्वसाधारण विशेष परिस्थिति बाहेक घरमा नै बसिरहेको यो जटिल अवस्थामा पनि नागरिकको स्वास्थ्य सुरक्षामा दैनिक काममा खट्नुपर्ने नर्सहरुलाई स्वास्थ्य सामग्री वितरण गरिनु अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

Advertisement


क्लस्टर प्रमुख अर्जुन थापाले सहकार्य गर्ने डिस्ट्रिक गभर्नर इन्दु लम्साल, डिजी टिम, आफू मातहतका १६ वटा क्लब परिवारप्रति आभार प्रकट गरे । कार्यक्रमको संयोजक रिजन चेयरपर्सन ऋषि गिरी र विष्णु बराल र सञ्चालन जोन चेयरपर्सन वसन्तराज सिग्देलले गरेका थिए ।

तपाईको प्रतिक्रिया