बनेन रामायण पार्क, ३ वर्ष डिपिआरमा बित्यो

राकेश शर्मा, म्याग्दी
म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि रामायण पार्क बनाउने कुरा स्थानीय सरकार आउनु पहिलेदेखि नै चर्चामा थियो । बेनी नगरपालिकाले रामायण पार्क बनाउन गुरु योजना बनाए पनि त्यो योजना नारामा मात्र सिमित छ ।
स्थानीय तहको चुनाव भएको ३ वर्ष पुग्दा पनि अझै रामायण पार्कको काम सुरु हुन् सकेको छैन । बेनी नगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ का लागि नगर सभाबाट स्वीकृत गरिएको बजेटमा रामायण पार्क बनाउन १० लाख बजेट विनियोजन गरिएको थियो ।
बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आँपारुख सामुदायिक वन अन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको थियो ।
प्रस्ताव गरिएको स्थानको स्थलगत अनुगमन तथा आवश्यक पूर्वाधार विस्तारका लागि प्रक्रिया अगाडि बढाएको नगरपालिकाले ३ वर्ष डिपिआरमा नै सिमित गरेको छ ।
५ वर्ष अगाडि रामायण बनाउन एक समिति गठन गरिएको थियो । त्यो समितिले रावणको जन्मभूमि समेत भनेर चिनने पौलष्य पुलहआश्रम आसपासका क्षेत्रमा रावण पार्क बनाउने योजना अगाडि सारिएको थियो ।
आन्तरिक तथा भारत र श्रीलकाका हिन्दु धर्मालम्बीहरुलाई आर्कषित गर्न पार्कको अवधारणा ल्याइएपनि अलपत्र परेको योजनालाई बेनी नगपालिकाले अगाडि बढाउने निर्णय गरेको थियो । तर नगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ मा रामायण पार्क रावण पार्कको डिपिआरको लागि ४ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।
बेनी नगरपालिका सूचना अधिकारी युवराज थापाका अनुसार रामायण पार्क बनाउनका लागि २ करोड ५० लाख ९१ हजारको लागत अनुमान गरिएको डिपिआर तयार पारिएको छ भने रावण पार्कको लागि १ करोड ६२ लाख ६ हजारको लागत अनुमानको डिपिआर गरिएको छ ।
‘हामीले येजना अघि बढाउनका लागि डिपिआर तयार पारेका छौं,’ उनले भने, ‘दुई वटा पार्क नगरपालिकाले नै निमार्ण गर्ने गरी डिपिआर तयार गरिएको हो, तर नगरपालिकाको बजेटले मात्र निमार्ण गर्न नसकिने भएपछि, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर निमार्ण कार्य गर्ने हो। त्यसका लागि सहरी विकास मन्त्रालयसँग समन्वय भएको छ ।’
थापाका अनुसार डिपिआरका लागि विनियोजन गरेको १० लाखमा बाँकी रकम रकामान्तर गरेर अरु योजनामा लगिएको छ। नगरपालिका इन्जिनियर विमलरञ्जन कार्कीका अनुसार उक्त रामायण र रावण पार्क बनाउने योजना सहरी विकास मन्त्रालय संग समन्वय गरेर काम अघि बढेको छ ।
उनका अनुसार नगरपालिकाले दुईवटा पार्कका लागि डिपिआर गरेको र सहरी विकास मन्त्रालयले पार्कको लागि पुनः डिपिआर गर्न लागको छ । नगरपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार र पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिइएको बताउँदै नगर प्रमुख हरिकुमार श्रेष्ठले हरेक वर्ष बजेट विनियोजन गरेपनि काम अघि बढ्न नसकेको बताएका छन् ।
‘हामीले रामायण र रावर्ण पार्कका लागि हरेक वर्ष बजेट विनियोजन गरेका छौं, तर त्यो अनुसारको काम हुन सकेको छैन, आगामी आर्थिक वर्ष पनि त्यसका लागि बजेट विनियोजन हुन्छ,’ उनले भने,‘योजना प्रदेश र संघीय सरकारमा पठाएका कारण त्यहाँबाट आउने समपूरक बजेटबाट पनि काम योजना अघि बढ्नेछ ।’
यस्ता पर्यकटीय स्थलहरुमा पूर्वाधार निर्माण गर्नका लागि योजना बनाएपनि बजेट अभावका कारण निर्माण हुन सकेका छैनन । बेनी नगरपालिका–५ पुलाचौरको पुलाश्रम लंकाको राजा रावणको जन्मस्थान मानिन्छ । पौलस्त्य आश्रम क्षेत्र वरपरिकाका वर्णन श्रीमद्भागवत,मत्स्य पुराण लगाएतका ग्रन्थहरुमा समेत उल्लेख छ ।
पौलत्स्य ऋषिको तपोभूमि समेत रहेको पुलाआश्रमको प्रवेशद्वारका रुपमा पार्कलाई विकास गर्ने योजना छ । विश्वका हिन्दुधर्मालम्बीहरुको पाँच ठूला धार्मिकस्थल मध्ये पुलाआश्रम समेत पर्ने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।
पुलाआश्रम क्षेत्र विकास कोषले महायज्ञमार्फत मन्दिरको निर्माण गरेको भएपनि थप पूर्वाधारको अभाव देखिएको अवस्थामा । रावण पार्कले हिन्दुधर्मालम्बीहरुलाई आर्कषित गर्ने अपेक्षा गरिएको छ ।









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया