गण्डकीका १ सय १३ संक्रमित कुन-कुन जिल्लाका ?, हेर्नुहोस् विवरण

समाधान संवाददाता २०७७ जेठ २५ गते १२:०३

समाधान संवाददाता

गण्डकी प्रदेशमा अहिलेसम्म १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । आइतबार बिहान ४ जिल्लका ३८ जनामा संक्रमण प्ष्टि भएसँगै संक्रमितको संख्या १ सय नाघेको हो ।

प्रदेशका ११ मध्ये ९ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । मनाङ र मुस्ताङबाहेक अरु सबै जिल्ला कोरोना संक्रमित भेटिएको सूचिमा जोडिएका छन् । प्रदेशमा भेटिएका संक्रमितमध्ये ३ जना निको भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया