हेम्जामा मानवसेवा आश्रमको भवन शिलान्यास

समाधान संवाददाता
मानवसेवा आश्रमको गण्डकी प्रदेश शाखाको भवन शिलान्यास भएको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवाका लागि पोखरा महानगरपालिका –२५ हेम्जामा निर्माण हुने उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शिलान्यास गरे ।
सडक आश्रित मानवको अभिभावकत्व ग्रहण गर्न सरकार तयार रहेको र १ करोड २४ लाख बजेट छुट्टयाइएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार सहयोगापेक्षीको उद्धार र संरक्षणका लागि भइरहेको भौतिक संरचना निर्माणको जिम्मा प्रदेश सरकारले लिने छ ।
आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवीय सेवाको पवित्र कार्यमा धेरै व्यक्तिको साथ र सहयोगले भवन निर्माण अघि बढ्न लागेको बताए ।
आश्रमका लागि लमजुङ र गोरखा शाखामा पनि जग्गा प्राप्त भएको र भवन निर्माणका लागि ५०/५० लाख विनियोजन भएको उनको भनाइ थियो ।
आश्रमका प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले सातै प्रदेशका १४ जिल्ला र १९ सेवा केन्द्रबाट करिब १ हजार १ सय सहयोगापेक्षी सडक आश्रित मानवको सेवा गरिएको जानकारी दिए ।
उनका अनुसार पोखरा –१७ छोरेपाटनमा सञ्चालित आश्रममा मासिक ८० हजार भाडा तिरेर हाल १ सय २७ जनालाई आश्रय दिइएको छ ।देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त निर्माण घोषणा गर्ने अभियान अगाडि बढाइएको तिमिल्सिनाले बताए ।
हेम्जामा बन्न लागेको मानवीय स्मारक भवनका लागि लक्ष्मीनारायण गुठी प्रतिष्ठानले ६३ रोपनी जग्गा उपलब्ध गराएको प्रतिष्ठानका उपाध्यक्ष ऋषि सापकोटाले जानकारी दिए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया