गण्डकीमा थप २४ जनामा संक्रमण, संक्रमित १४४ पुगे

समाधान संवाददाता २०७७ जेठ २७ गते ५:५९

पाेखरा

गण्डकी प्रदेशका ३ जिल्लामा २४ जना संक्रमित थपिएका छन् । नवलपुरमा १२, म्याग्दीमा ८ र बागलुङमा ४ जनामा संक्रमण पुष्टि भएकाे हाे । उनीहरु सबैकाे स्वाब परीक्षण पाेखराकै प्रयाेगशालामा गरिएकाे हाे ।

याेसँगै प्रदेशमा संक्रमितकाे संख्या १ सय ४४ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ

Advertisement

निर्देशनालयले म‌गलबार बिहान जारी गरेकाे विज्ञप्ति अनुसार नवलपुरकाे बौंदीकाली गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्दशक विनाेदविन्दु शर्माले जानकारी दिए । |

Advertisement

म्याग्दी जिल्लाकाे बेनी नगरपालिका घर भएर पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षे १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |

बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षका का ३ जना पुरुष र बरेङ गाउँपालिका घर भई साेही पालिकाको क्वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |

उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भरहेको छ |

प्रदेशका ९ जिल्लामा काेराेना संक्रमित भेटिएका छन् । मनाङ र मुस्ताङमा आवतजावत निकै कम भएकाे र त्यहाँबाट भारतमा राेजगारीका लागि जाने पनि निकै कम भएकाले ती जिल्ला हालसम्म जाेगिएका छन् ।

गण्डकीमा काेराेनाबाट १ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाकाे वालिङ नगरपालिका ३ घर भएका उनी मृगाैला, टिबी लगायत राेगबाट ग्रसित थिए । उनी परिवारसहित केही दिन अघि मात्र भारतबाट नेपाल आएका थिए ।

आइतबार राति मृत्यु भएका उनकाे शव व्यवस्थानका लागि साेमबार दिनभर निकै सकस भयाे । सरकारी निकायकाे तयारी कम भएकाे र पाेखरा ११ काे रिठ्ठाघाटमा साँझपख स्थानीयले जनप्रतिनिधिकाे सहयाेगमा अवराेध गरेपछि प्रहरीले बल नै प्रयाेग गरेकाे थियाे । रिठ्ठाघाटमै उनकाे शव गाडिएकाे छ


तपाईको प्रतिक्रिया