हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान

पोखरा
विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान –२०७७ बाट सम्मान गरेको छ ।
बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर नगद २५ हजार सहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले बताइन् । अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेकाे उनले जनाइन् । क्लबको याे सातौं सम्मान रहेको र हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक महिलालाई नगद सहित सम्मान गर्दै आएको जानकारी उनले दिइन् ।
सम्मान कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ का गर्भनर इन्दु लम्सालले समय परिस्थिति अनुकुल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सह्रानीय भएको बताइन् । शब्दद्धारा सम्मान व्यक्त गर्दै उनले लोक गायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पुर्याएको योगदानको चर्चा गरिन् ।
पूर्व गर्भनर धनराज आचार्यले समाजको हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोना बीच पनि फरक ढंगले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताए ।
सम्मानित लोक गायिका कोइरालाले कोरोना बीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय रहेको धारणा राखिन् । सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उनकाे भनाइ थियो ।
क्लबका ५५ जना सदस्य र आमन्त्रित व्यत्तित्व सहित भर्चुअल कार्यक्रममा को चिफ एडभाइजर सुचित्रा थापा, लायन्स लिडर इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसे लगायतले सम्मानित व्यक्तिलाई शुभकामना दिएका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया