प्रदेश प्रमुख शेरचनको दन्त परीक्षण
समाधान संवाददाता
२०७७ जेठ २७ गते १६:१२

पाेखरा
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार दन्त परीक्षण गराएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डा. पूर्णप्रसाद खनाल, डा. सुनिल पनेरू, सन्तोषी थापालगायतको टोलीले प्रदेश प्रमुख शेरचनको दाँतको आरसिटी गरेको हो ।
प्रदेश प्रमुख शेरचनले सो अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा, डीन प्राडा नरेन्द्रविक्रम गुरुङ र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यसँग उपचार र अस्पतालका बारेमा जानकारी लिएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया