काेराेना अस्पतालमा चाेरी बारेमा तीन जनाविरुद्ध जाहेरी

रासस, चितवन
भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।
महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् ।
अस्पतालमा भएको चोरीका विषयमा निष्पक्ष छानबिन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए । कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरुमाथि कारवाहीको माग जनप्रतिनिधिले गर्दै आएका थिए ।
फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । आफूहरुको माग सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिक रुपमा उजुरी दर्ता गराउनुभएको हो ।
सङ्क्रमितको शव व्यवस्थापन कोभिड–१९ को सङक्रमणबाट मृत्यु भएका भरतपुर –११ का वृद्धको शव नेपाली सेनाको कालीबहादुर गणले व्यवस्थापन गरेको छ ।
सोमबार कोरोना पुष्टि भई आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय वृद्धको शव भरतपुर महानगरपालिका–१ बागेश्वरी वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।
नेपाली सेनाले शव भरतपुर अस्पतालबाट शववाहनमा राखेर लगेको थियो । कोरोना सङ्क्रमण देखिनुअघि मुटुको समस्याका कारण नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई पछि निमोनिया भई कोरोना संक्रमण देखिएको थियो ।









मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया