पर्वतमा ६ वर्षे बालकमा काेराेना संक्रमण, प्रदेशभर १९७ पुगे

समाधान संवाददाता
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित ५ जना थपिएका छन् । शनिबार बिहान पर्वतका ४ र नवलपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे ।
पर्वतकाे कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षे बालक, १७ वर्षे महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ |
पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षे पुरुषमा समेत कोरोनाको संक्रमण देखिएको छ |
उनीहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भइरहेको छ |
साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ | उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |
गण्डकीकाे मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया