कोरोना संक्रमितलाई बिमाको दाबी भुक्तानी दिन थालियाे

काठमाडाैं
सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बिमा कार्यक्रमअनुसार कोरोना संक्रमितलाई दाबी भुक्तानी गरिएको छ ।
कोरोनाको कहर शुरु भएपछि सरकारले पहिलोपटक कोरोना बिमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ । बिमा क्षत्रेको नियामक निकाय बिमा समितिका अनुसार कोरोना बीमाको पहिलो दाबी शुक्रबार भुक्तानी गरिएको छ ।
कोरोना बिमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई शुक्रबार बिमाबापतको १ लाख रकम भुक्तानी गरिएको हो । नेको इन्स्योरेन्सले कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरेको बताएको छ ।
नियामक निकाय बिमा समितिले १ हजारमा १ लाख बराबरको बिमा गर्न सकिने प्रबन्ध गरेको छ ।
बिमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पिसिआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी गर्न सकिने छ । बिमा गरेका विभिन्न कम्पनीमा थप चार ओटा दाबी आएको बताइएको छ । रासस









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया