राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउदै–प्रचण्ड
समाधान संवाददाता
२०७७ जेठ ३१ गते १३:५०

समाधान संवाददाता
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन थालेको बताएका छन् ्।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ पहिलो वक्ताका रुपमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गणतन्त्र नेपालले आफुनो जमिन सुरक्षित गर्न खोजेकोमा खुशी व्यक्त गरे ।
प्रतिनिधि सभाको आजको बैठकले संविधान दोश्रो संशोधन विधेयक छलफलपछि पारित गर्दैछ । सोही अवसरमा प्रचण्डले अब राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु महत्वपूर्ण भएको बताए ।
‘यो आम नेपाली जनताको विषय हो, यसमा कसैले जस वा अपजस लिने भन्दा पनि सम्पूर्ण नेपालीले गर्व गर्ने विषय हो ।’ उनले भने–अब हामी गुमेको जग्गा फिर्ता ल्याउने अभियानमा हिडेका छौं । याे कुनै व्यक्ती विशेषकाे मात्रै उपलब्धी हाेइन । सबैकाे जित हाे ।
सम्बन्धित








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया