प्रचण्डको भनाई प्रति कमल थापाको कडा आपत्ति, भने–देश बनाउन राजसस्थाको महत्वपूर्ण भूमिका छ

समाधान संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिब्यक्ती प्रति कडा आपत्ती जनाएका छन् । उनले यसलाई विकृत र असन्तुलित मानसिकता हो भनेका छन् ।
भारतले मिचेको भूमिलाई समेटेर निशान छाप बनाउनका लागि प्रतिनिधि सभामा पेश भएको संशोधन विधेयक माथिको छलफलमा भाग लिदैं प्रचण्डले भनेका थिए–राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउदैछ । लगत्तै थापाले ट्विट गर्दै यो देश बनाउन राजसस्थाको महत्वपूर्ण भूमिका रहेको स्मरण गराएका छन् ।
राजतन्त्रलाई दोष लगाएको झोकमा थापाले प्रचण्डलाई १७ हजार नेपालीको शवमा टेकेर विदेशी कै स्वार्थमा राजा फालेको संकेत समेत गरेका छन् । थापको ट्वीट जस्ताको तस्तै
राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृतरअसन्तुलित मानसिकता हो। १७हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरणरअखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया