नयाँ नक्सा समेटिएकाे संशाेधन विधेयक सर्वसम्मत पारित, पक्षमा २५८, विपक्षमा शून्य

पाेखरा
मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट शनिबार पारित भएको छ । २ सय ७५ मध्ये बैठकमा सहभागी २ सय ५८ जनाले नै पक्षमा मतदान गरेपछि २ तिहाइ भन्दा बढी मतले संविधान संशोधन प्रस्ताव पारित भएको हो ।
दशकौंदेखि भारतको कब्जामा
रहेको लिम्पियाधुरा, लिपुलेक,
कालापानीलगायत नेपालको भूभाग समेटिएको
नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको
उक्त विधेयक शनिबारको प्रतिनिधिसभा बैठकबाट पारित गरिएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया
तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस
भन्ने प्रस्ताव बैठकको सुरुमा पेस गरेकी थिइन् ।
छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादीका नेता राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र लिङदेन, दुर्गा पौडेल र प्रेम सुवाल, विष्णुप्रसाद पौडेल, शशांक कोइरालालगायतले भाग लिएका थिए ।
सरकारले संघीय संसदमा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानुनमन्त्री डा तुम्बाहाङ्फेले जेठ ११ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेकी थिइन् । त्यसपछि सर्वसाधारणको जानकारीका लागि नेपालपत्रमा प्रकाशन गरिएको थियो । प्रतिनिधिसभाको जेठ २७ को बैठकमा मन्त्री डा तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
सो स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदलाई ७२ घन्टाको समय उपलब्ध गराइएको थियो । उक्त अवधिमा सांसद सरीता गिरीले विधेयकमा संशोधन प्रस्ताव पेस गरेकी थिइन् । उक्त प्रस्ताव प्रक्रिया नपुगेको भन्दै सभामुखले शनिबारको बैठकमा अस्वीकृत गरेका थिए ।
प्रतिनिधिसभाबाट २ तिहाइ बहुमतका आधारमा पारित भएपछि उक्त विधेयकले राष्ट्रियसभामा प्रवेश पाउनेछ । त्यहाँ पनि प्रतिनिधिसभामा जस्तै विभिन्न प्रक्रिया पूरा गरी निर्णयार्थ पेश भई २ तिहाइका आधारमा विधेयक अनुमोदन गर्नुपर्नेछ ।
संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ । राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही मितिदेखि संशोधित संविधान लागु हुनेछ । मन्त्रिपरिषद्ले जेठ ५ गते नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्शा सार्वजनिक गरेको थियो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया