पत्रकार महिलालाई आचार्यको सहयोग

पोखरा, ३० जेठ (समाधान)— राजनीतिकर्मी रंगिला आचार्यले कोरोना महामारीको समयमा पनि पत्रकारिता गरिरहेका कास्कीका क्रियाशील पत्रकार महिलालाई स्वास्थ सुरक्षा सामग्री वितरण गरेकी छन् ।
आचार्यले शनिबार पोखरामा क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )को समन्वयमा ५० भन्दा बढी पत्रकारलाई सेनिटाइजर, एन ९५ मास्क र पञ्जा लगायत सामग्री वितरण गरेकी हुन् ।
कोरोना महामारीको समयमा पनि आफ्नो ज्यानको पर्वाह नगरी फ्रन्ट लाइनमा रहेर रिपोर्टिङ गर्ने पत्रकारका लागि सहयोग गर्न पाउँदा आफूलाई खुखी लागेको उनले प्रतिक्रिया दिइन् ।
त्यसैगरी उनले आफ्नो घरायसी खर्चलाई व्यवस्थापन गर्दै पोखराका ७, १७ र २१ नम्बर वडाका झन्डै १ सय ५० परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिइन् ।
कार्यक्रममा डब्लुडब्लुजेका गण्डकी अध्यक्ष सरिता तिम्सिना पगेनीले विपदका समयमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षित भएर काम गर्न सुझाव दिइन् । उनले पत्रकार महिलालाई गरेको सहयोगका लागि आचार्यप्रति कृतज्ञता व्यक्त गरिन् ।
कार्यक्रममा डब्लुडब्लुजेका केन्द्रीय सदस्य दुर्गा अधिकारी, कास्कीका अध्यक्ष शीला गुरुङ, सल्लाहकार एवं अग्रज पत्रकार शान्ति राणा लगायतले आचार्यले गरेको मानवीय कार्यको प्रशंसा गरेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया