पर्वतकाे पहिराेमा थप १ शब भेटियाे, ३ जनाकाे खाेजी जारी

पाेखरा
पर्वतकाे कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारिमा शनिबार राति गएकाे पहिराेमा परी हराएकामध्ये थप १ जनाकाे शब भेटिएकाे छ ।
याेसँगै ६ जनाकाे शव भेटिएकाे र हराएका ३ जनाकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
शनिबार राति ८ बजेतिर गएकाे पहिराेमा पुरिएका स्थानीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापाकाे शव राति नै भेटिएकाे थियाे । तुलबहादुर र मिनकुमारी पतिपत्नी हुन् भने विविशा नातिनी हुन् ।
आइतबार बिहान भेटिएका ३ जनाकाे नाम खुलेकाे छैन ।
शनिबार राति २ घर बगाउँदा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिशा विक हराइरहेका थिए ।
राति नै घटनास्थलमा पुगेकाे आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र उद्धार थालेकाे थिए ।
घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।
रातिमा पानी परेकाले उद्धारमा समस्या परेकाे थियाे । बिहान भने माैसम खुलेकाले सुरक्षाकर्मी र स्थानीयकाे सक्रियतामा खाेजी कार्य जारी छ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया